Monday, July 21, 2008

सकियो आ.व. सकिएनन् योजनाहरु

४ साउन / आर्थिक बर्ष समाप्ति भएपनि जिल्ला विकास समितिद्धारा सञ्चालित योजनाहरु भने अझै सम्पन्न भईनसकेको सुपरिवेक्षण तथा अनुगमन समितिका संयोजक विष्णु प्रसाद बाास्तोलाले बताउनुभएको छ ।

जिल्लाको सल्लेरी,बेनी,टाक्सिन्दु,र तामाखानीमा सञ्चालित योजनाहरुको अनुगमन गरेर सदरमुकाम र्फकनुभएका समितिका संयोजक बाास्तोलाले कार्य सम्पन्न गराउन सक्छन् भन्ने विश्वासको भरमा जिल्ला विकास समितिले चालु योजनाहरुको मूल्यााकन गरेको बताउनुभयो । सोलु एफ.एम. साग कुराकानी गर्दै संयोजक बाास्तोलाले काम सम्पन्न नभई योजना फरफारक कसरी भयो त ? भन्ने प्रश्नको उत्तर भने खुलेर दिन मान्नुभएन ।

योजना अनुगमनका क्रममा नेचाको खानेपानी, तिङ्गलाको भवन निर्माण, टाप्टिङ्गको वडा नंं.को प्राथमिक विद्यालयको भवन निर्माण र बासाको खानेपानी योजनाका सम्बन्धमा समितीमा निवेदन परेको संयोजक बाास्तोलाले उल्लेख गर्नुभयो । निवेदन उपर समितिका सदस्यहरु,स्थानिय विकास अधिकारी र योजना अधिकृत सहितको संयन्त्रबाट छानबीन गरिने पनि वहााले बताउनुभयो ।

हाल समितिका सदस्यहरु जिल्लाका विभिन्न गाविसमा सञ्चालित योजनाहरुको अनुगमन गरिरहेको जनाउदै संयोजक बाास्तोलाले यही साताभित्र समितिका सम्पूर्ण सदस्यहरु सदरमुकाममा फर्केपछि सम्पूर्ण जानकारी लिने र प्रतिवेदन तयार पार्ने बताउनुभयो । यसबाट भावी योजनाहरु सञ्चालनका लागि समेत मार्गनिर्देश हुने वहााको ठहर छ ।
Sourse Solufm

0 comments: