Thursday, October 16, 2008

आमाको पुकार-हिम कला राई

बिजयी भए लाउनु है छोरा शिरैमा शिर फूल
नभए दुःखी भएर फेरी नजाउ है जंगल ।

रितीनुसम्म रितीयो आँशु दश महिने कोख पनि
सुन्दउ है पुकार नत्र जाने छ बाँकी यो सास पनि ।

नोट देख्दा साधुको पनि आँखा झलल बल्छ रे
मुठ्याउने दाउमा धरम पनि भुसुक्क भुल्छ रे ।

सयपरी छोरा कुर्सिको नाउँमा तानातान नर्गनु
रगतको भेलले ल्याएको यो दिन गुमाउला होस गर्नु ।

लडाइ झगडा गरेर मात्र हुन्न है प्रगती
विकाशको नाउँमा भोग्नु पर्छ है झन ठूलो दुर्गती ।

बुहारी भए बिधुवा बरै छोरा चांहि शहिद
जाने त गए बाँच्नेलाई अब नबनाउ बर्बाद ।

नौरंगी फूल जाँ फूले पनि माटो हो एउटै
जातजाती भाषा भाषी भएनी नेपाली हो एउटै ।

रतन्छा ७, खोटाङ

0 comments: