Monday, October 20, 2008

दिपाश्री निरौला पनि खोटाङ्गे , कुन गाउँको होला ?

काठामाण्डौबाट शुभचन्द्र जीले तितो सत्यको प्रमुख महिला पात्र दिपा तथा तेस्तै अर्को टेलि सिरियल कि धनिया भनेर चिनिऐकि चर्चित हाँस्य कलाकार दिपाश्री निरौला पनि खोटाङ्गे भएको कुरा आधिकारीक रुपमा थाहा भयो , खोटाङ्ग समाज काठमाण्डौले एक कार्यक्रममा उनलाई औपचारिक रुपमा उपस्थित गराएर सम्मान गरेको छ भनेर जुलाई महिना तिर नै फोटो सहित जानकारीकासाथ मलाई इमेल गर्नु भएको थियो ।


यस जानकारीका साथ फोटो अपलोड गरुँला भन्दा भन्दै यत्रो समय बितीसकेछ । यसको कारण बिस्तारै भनुला । बिबिसी नेपाली सेवा युकेले आयोजना गरेको विश्वब्यापी गित प्रतियोगीतामा बिजयी हुनु भएकी अर्कि खोटाङ्गे चेली राधा र्राईलाई पनि सम्मान गरिएको उक्त कार्यक्रमको जानकारीमा उनी राधा र्राई बाँजे च्यानडाँडा सेखुवाकी हुन भनीए पनि हाल मोरङ्ग बिराटनगर बस्दै आउनु भएका दिपाश्री निरौलाको परिवारको पुर्खौली थलो खोटाङ्गको कुन गाविस हो भन्ने कुरा केही कारणवस हुन सक्छ नखुलाउनु भएकोले यो काम तपाई हाम्रो जिम्मामा आएको महसुस गरेकोछु । पाठकहरु मध्य कोही जानिफकार हुनुहुन्छ भने कमेण्ट वा इमेल मार्फत पठाउन सादर अनुरोध गरिन्छ ।
रेग्मी भए मार्से बतासेको हुन सक्थ्यो, पोखरेल भए खार्पा कुविण्डेको हुनसक्थ्यो । कहाँ होला त उहाँको पुर्खौली थलो खोटाङ्गमा ? अवस्य जानकारी पठाउनुहोला नत्र अनुमान मात्र भए पनी पठाउनु होला है ।
एडमिन ।

2 comments:

shiba hari sapkota said...

Dube, coldanda, Khotang, Nepal

shiba hari sapkota said...

Dube, coldanda, Khotang, Nepal