सइन्द्र राई/खोटाङ
आर्थिक वर्ष०६४/६५ मा खोटाङजिल्लामा दुइ करोड ६४ लाख ५५ हजार रकम फ्रिज भएको छ ।
सबै भन्दावढी शिक्षामा एक करोड ३९ लाख ६५ हजार सातसय ११ रुपैया फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय -कोलेनिका)का अनुसार शैक्षिक तालिम केन्द्र ‘ख‘ दिक्तेलको भवन योजना अनुसारको नबनेकाले रकम फ्रिज भएको हो ।
यस्तै, स्थानीय विकासमा ४५ लाख ७८ हजार नौसय, स्थास्थ्यमा पा“चलाख ३२ हजार चारसय ५५ रुपैया, गृहमा सात लाख नौहजार छ सय ४० रुपैया प्रिmज भएको छ ।
कोष तथा लेखा नियन्त्रक वासुदेव खनालका अनुसार जिल्लामा ८० करोड १५ लाख रुपैयाको अख्तियारी आएको मध्ये ७७ करोड ५० लाख २८ हजार खर्च भएको छ । जसमा चालुतर्फकरीव ६१ करोड र पुजीगततर्फकरीव १६ करोड खर्च भएको छ ।
शिक्ष्ँामा १७ करोड ७१ लाख आठ हजार एकसय ८८ रुपैयाको अख्तियारी आएको मध्ये १६ करोड ३१ लाख ४२ हजार चारसय ७७ रुपैया खर्च भएको छ । स्वास्थ्यमा पा“च करोड २७ लाख आठ हजार पा“चसय ८८ रुपैयाको अन्तियारी आएको थियो भने पा“च करोड २१ लाख ७६ हजार एकसय ३३ खर्च भएको छ ।
यस्तै, स्थानीय विकासमा २९ करोड २१ लाख ६९ हजार चारसय ३१ रुपैया अख्तियारी आएको थियो । जस मध्ये २८ करोड ७६ लाख ८७ हजार पा“चसय ११ रुपैया खर्च भएको छ । गृहमा भने सात करोड ४५ लाख ५६ हजार एकसय ५३ रुपैयाको अख्तियारी आएको मध्ये सात करोड ३८ लाख ४६ हजार पा“चसय १३ रुपैया खर्च भएको छ ।
रक्षामा भने अख्तियारी आएको दश करोड ५५ लाख २० हजार आठसय ७४ रुपैया सबै खर्च भएको कोष तथा लेखा नियन्त्रक खनालले बताउनुभयो ।
यता, राजश्व भने तीन करोड २० लाख मात्रै सङ्कलन भएको छ । जिल्लामा राहदानी कार्ड, हुलाक टिकट, व्यापारीक कर जस्ता करहरुबाट मात्रै राजश्व सङ्कलन भएको कोलेनिकाले जनाएको छ । आर्थिक वर्ष०६४/०६५मा राहदानी कार्डबाट मात्रै एक करोड ८४ लाख ४० हजार राजश्व सङ्कलन भएको छ ।
Thursday, October 16, 2008
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment