जन जागृति उच्च मा वि सल्लेरीले नवागन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई आज स्वागत गरेको छ । ४२ औं अन्तरराष्ट्रिय साक्षरता दिवस तथा दोश्रो राष्ट्रिय शिक्षा दिवसको अवसर पारी आयोजना गरिएको कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ८९ जना विद्यार्थीहरुलाई खादा, विभिन्न फूल तथा अविर लगाई स्वागत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य ललित कुमार बस्नेतको सभापतित्वमा सञ्चालन भएको सो स्वागत कार्यक्रम कक्षा १० र १२ का विद्यार्थीहरुले संयुक्त रुपमा आयोजना गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला शिक्षा अधिकारी लोकनाथ पौड्यालले शिक्षाको पहुाचबाट टाढा हुन नदिन विद्यालय उमेरका आ आˆना बाबालिकाहरुलाई विद्यालय पठाउन अविभावकहरुलाई आग्रह गर्नु भयो । कार्यक्रमकै अवसरमा जिल्ला शिक्षा कार्यालयबाट दलित छात्रावृत्ति, माध्यमिक छात्रावृत्ति र प्रौढ तथा साक्षारोत्तर छात्रावृत्ति समेत प्रदान गरिएको छ । २२ जना दलित छात्रालाई रु ५ सय, माध्यमिक स्तरका ७ जना छात्रालाई रु १७ सय र उच्च माविमा अध्ययनरत ३ जना दलित सहित ११ जना छात्राहरुलाई मासिक २ सय ५० का दरले छात्रवृत्ति प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले प्रदान गर्नु भएको थियो ।
कक्षा ६ देखि १२ कक्षासम्मका छात्राहरुलाई प्रदान गरिएको छात्रावृद्धिको कुल रकम ८० हजार ६ सय रहेको जन जागृति उच्च मा वि सल्लेरीका प्रधानाध्यापक प्रेमकुमार राईले जानकारी दिनुभयो । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्र्तगत विभिन्न खेल तथा प्रतियोगितामा स्थान ल्याउन सफल समुहका विद्यार्थीहरुलाई पनि आजै पुरुस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीशरुले साास्कृतिक नृत्य लगायत हास्यव्याङग्य नाटक समेत प्रस्तुत गरेका थिए ।
Wednesday, October 15, 2008
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment