Thursday, October 16, 2008

गजल – नरेन्द्र राई “समर्पण”

खोटांग स्मारिकाबाट साभार

तिम्रो सुन्दर संसारमा मैले पाइला चालेको छु
तिम्रो साथ पाउने मैले आशा पालेको छु

हृदयमा माया नै र्सवसौगात भएकाले
फाट्दै गाुको जिदगी मैले टालेको छु

रहरलाग्दो जिन्दगी यो हराभरा बनाउन
विश्वासरूपी प्रेमको दियो मैले बालेको छु

बाचा-बन्धन तोडी अन्त कतै नजाउ
हाम्रो सुन्दर भविष्य कोर्न मैले थालेको छु ।

-च्यास्सीटार-९, खोटाङ

0 comments: