लाहुरे दाईले
प्रभुराम राई (खोटाङ बुइपा- २)
वेलायतमा लाहुरे दाईले थोत्रे धर किने
उसको भने घुरेनबारी बनमाराले छिने
घरमा आमा रुंदैहोली तिमीलाई छैन
वच्पनमा आमासंगै तिमी बस्थेउ होइन
मनोरन्जन गरिसकेउ अव देश र्फक
वेलायत र नेपालको किन गर्र्छौ तर्क
अर्कादेशको आमालाई किन राम्रो मान्नु
मात्रीभूमी दुःखपाए भनीकन जान्नुआफ्नी
आमा दुःख पाई नया लुगा लाइदेउ
उकालीमा भारी विर्साई हाक्पारे गाईदेउ
देशमा बस्ने मन्त्री हुंदा आफू छक्क पर्ने
स्वालम्बी स्वाभिमानी कैले आफू बन्ने
र्कर्तव्यको बोझ बोक्दा खुट्टाभने लुलो
बाहिर बसी मोजगर्ने पछिकुरा ठूलो
समयले पर्खंदैन पछिलाई विचार गर
अर्काकोघर राम्रो मानी नपरहै भर ।
Thursday, October 16, 2008
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment