
राई जातिहरुको उधौलि पर्ब साकेलाको अवसरमा न्युयोर्क शहरको अस्टोरियामा अमेरिकि किराती राइहरुको संस्था United Kirat Rai Organization of America (UKROA) न्यूयोर्क chapter ले आज साँझ एक मनोरन्जनपुर्ण नेपाली साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। नयाँ नेपाली राष्ट्र गान र सोइ ढोले सोइ आर्को ढोले खोइ नाचबाट सुरु भएको उक्त कार्यक्रममा उपस्थित महानुभाबहरुलाई स्वागत गर्दै UKRON का Board of Director डा. कृष्ण राईले "कुनैपनि देश आफैं अस्तित्ववान रहन्न जबसम्म त्यो देशका जात जाति र तिनका भाष लिपिहरु पनि सुरक्षित र अस्तित्वभित्र रहन सक्तैनन् त्यसैले यसको निम्ति सबै तहबाट सहयोग पुग्नु पर्छ" भन्नु भयो।प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत मधुरमण आचार्यले भन्नुभयो- "किरातिहरुले सबैभन्दा पहिले नेपालमा राज्य गरेको तथा किराति राजा यलम्बर नै पहिलो प्रमाण्ति राजा भएको ईतिहासले तथ्यरुपमा प्रमाणित गरेको छ । त्यो भन्दा अरु ईतिहास पाईएकै छैन । यो सँस्थाको चिन्ह धनुवाणलाई नेपालको राष्ट्रिय खेल स्थापित गर्न सकिएमा राष्ट्रिय खेल बिहिन नेपालमा राष्ट्रिय खेल मिल्न सक्ने छ ।"यसैगरि, कोलम्बिया बिश्व बिद्यालयका प्राध्यापक डा. तारा निरौला र किरात राई अर्गनाईजेसन अफ अमेरिकाका केन्द्रिय अध्यक्ष शिव कुमार राईले "हामी नेपालीहरुले समय समयमा साँस्कृतिक
कार्यक्रमहरुको आयोजना गरेर सबै सामु प्रदर्शन गर्नाले हाम्रा साँस्कृतिहरुलाई जगेर्ना गर्नमा टेवा पुर्याउँने र आफ्ना अमुल्य साँस्कृतिहरुलाई जोगाएर आगामि पुस्तासम्म पुर्याउन सकिने" कुरामा जोड दिनु भएको थियो । न्युयोर्क शाखाका अध्यक्ष प्रभाकर राई तथा ग्लोबल फेडेरेसन अफ ईण्डिजिनस पिपल्स अफ नेपालका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले नेपालका जातीय सँस्कृतिहरु देशका गहना हुन् भन्नु भयो ।राई समुदायको लोकपृय चण्डि नाच पछि हँसिली गायिका तथा नृत्याङ्गना याशोदा खालिङ राईका भिन्न भिन्न बोलका गायन र नृत्यहरुले आकर्षणपुर्ण बनाएको कार्यक्रममा युबा गायक बिक्रम लिम्बू, युगेश लिम्बू, योगेन्द्र ईङनाम, नबिना राई किरण राई, जेनिथ राई, किरण राई जङ्गबु शेर्पा, तासि शेर्पा, नुच्छे नारायण डंगोल, राजेश थापा मगर, पूजा राइ, गोमा गुरुङ लगायतका गायक-गायिकाहरुले आ-आफ्ना बोलका गितहरु गाएका थिए भने जयकुमार राईले सुरिलो बाँसुरिको धुन गुन्जाएका थिए । याशोदा खालिङ राईको नेतृत्वमा नेपालबाट सानै उमेरमा अमेरिका आएर यतै हुर्केका र अमेरिका मै जन्मेका थुप्रै किराती राइ बाल बालिकाहरुको नेपाली मनोरन्जनपुर्ण नाचहरु र
नृत्याङ्गना बशन्ति राईको लचकदार नाचको प्रस्तुतिले दर्शकहरुको मन जित्न सफल भएको थियो।उक्त साँझको कार्यक्रममा UKRON का खेल्कुद सम्योजक पारखी धन खालिङ राइले बिजयी खेलादिहरुलाई प्रमाण पत्र बितरन गरेका थिए। UKRON local chapter का अध्यक्षहरुले पठाएको शुभकामना सन्देशहरु पनि पढेर सुनाइएको थियो। यस सुमधुर नेपाली साँस्कृतिक कार्यक्रमलाई सचिव बल राई, सुरेश चाम्लिङ राई, प्रविणा राई र केशवराम राईले पालैपालो सँचालन गरेका थिए।

1 comments:
It is really good news...keep it up may be some one is relatives as well..Sanata Rai Dharan
Post a Comment