सोलु समाजले मन्त्री गोपाललाई अभिनन्दन गर्यो
२२ सेप्टेम्बर आईतवार २००८ सोलु समाज हंगकंगले ने. क. पा. माओवादी केन्द्रिय सदश्य, सँस्कृति तथा पुनसंरचना मन्त्री गोपाल किरातीलाई गणतान्त्रिक नेपालको पहिलो किरात मन्त्री गोपाल किराती, किरामुमो केन्द्रिय सल्लाहकार श्रीमती गोपाल किराती गीता र्राईलाई गृहजिल्लावासी भएको हैंसियतले हंगकंगमा रहेका सोलुनिवासीहरुको सँस्था सोलु समाजले एक भब्य रात्री भोजको साथमा अभिनन्दनको कार्यक्रम सम्पन्न गरेको छ । साथमा प्रथम गणतान्त्रिक सभासद ने.क.पा. माओवादी युवा नेता बिस्वव्दिप लिंगदेनलाईपनि अभिनन्दन गरिएको थियो ।समाजसेवी युवा प्रेम र्राईले सञ्चालन गरेको सभामा सोलु समाज हंगकंग अध्यक्ष बिजय र्राईले अध्यक्षता गरेका थिए । अध्यक्ष हस्ते फूलको गुच्छा उपहार दिएर सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरु तिनै जनालाई समाजको तर्फाट घडी उपहार दिईएको थियो ।
२१औँ शताब्दिको कम्प्युटर युगमा समयको महत्वलाई ख्याल गर्नुपर्ने कुराको स्मरण गराउँनको लागि समाजले यो निर्ण्र्ाागरेको उदघोषक प्रेम र्राईले बताए ।सँस्थाको तर्फाट उपहार दिने क्रमसंगै सोलु महिलाहरुको तर्फाट अणु र्राईले पुष्प गुच्छा र उपहारहरु दिईएको थियोभने ब्यक्तिगत रुपमापनि सोलुवासीहरुले उपहार र पुष्प गुच्छा दिने कार्यहरु भएका थिए । बृद्धा सञ्चबीर र्राई, कार्य समितिका राम प्रसाद र्राई ५० भन्दा बढी सोलु निवासीहरु उपस्थित भएकाहरुमध्य पत्रकारहरु स्वतन्त्र पत्रकार र्राई चन्द्र दुमी, नेपाल डट एच के का सम्पादक प्रकास केशी, एभरेस्टका सम्पादक प्रकासक किसन र्राई, खोटाङ डट ओरजीका अधिराज र्राई, फोटो पत्रकार अम्बु गुरुङ पनि उपस्थित रहेका थिए ।कार्यक्रमको दोश्रो चरणमा बरिस्ट सल्लाहकार शेर बहादुर थापाले समाजको तर्फाट मन्तब्य राख्नु भएको थियो भने रात्रीभोज कार्यक्रमको रमाईलो पक्ष परिचय कार्यक्रम रहेको थियो ।
अन्तिममा अतिथि बक्ताहरुले बोल्ने क्रममा गोपाल किरातीले अघिल्लो दिनको किरामुमोले कार्यक्रम सेटल गर्न नजानेको आरोप लगाउँदै आफु लामो समय भोकभोकै रहनुपरेको गुणाशो गर्नुभयो । उन्ले सोलु जिल्लाको भविष्यको वैकल्पिक विकासका कुराहरु भन्दापनि चुनाव ताकाको आफ्ना कथाहरु सुनाएको थिए । बरु उदघोषक पे्रम र्राईले ठोस जवाफ पाउँनको लागि बिचबिचमा सोलुको सगरमाथा संसारले चिन्छ तर सोलुलाई सोलुवासीलेनै नचिन्ने अवश्था आईसकेको दुखद कुरा जाहेर गरिरहेका थिए ।अतिथि बिस्वव्दिप लिंगदेनले हंगकंगमा रहेका ७० प्रतिशत नेपालीहरुको ९५ प्रतिशत मन नेपालमै रहेको पाएँ भन्नुहुँदै तपाईहरुले हिजोअस्ति जनयुद्धताका सहयोग गर्नु भएको आर्थिक सहयोगले हामी यो ठाउँमा आईपुगेको छौँ ।
यो महान बिजयको लागि तपाईहरुको भूमिकापनि अमुल्य र अग्रणी रहेको छ भन्ने जानकारी गराउँदै अव आवश्यक परे फेरी हामी तपाईहरुलाई गुहार्ने छौँ भन्नुभयो । उहाँले प्रतिज्ञा गर्नुभयो मेरो शरिरमा एक थोपा रगत भईञ्जेल म हामी तपाईको मुक्तिको लागि लडनेछु, हाम्रो पुरानो शासन नयाँ ढंगले पुनर्स्थापित गर्ने महान बाटोमा हिडनेछु र तपाईहरुले यसैगरी साथ दिनुभएको खण्डमा लक्षमापनि पुग्न सक्नेछु सक्नेछौँ यो अकाट्य कुरा हो,, ।कार्यक्रमको अन्तमा सोलुवासी एक युवाले गीत गाएका थिए भने अन्तिममा अध्यक्षले आफ्नो मन्तब्य सहित सभा समापन गरेको थिए ।
Thursday, October 16, 2008
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment