बिकास,श्रीजनादरणिय,
बुइपाबासी दाजु-भाइ तथा दिदी-बहिनीहरुमा
हार्दिक अभिबादन टक्र्याउन चाहन्छु!
बिशेष प्रबासमा अनि बिभिन्न मुलुकमा छरिएर रहनु हुने सम्पूर्ण बुइपाबासीहरुलाई जन्म-थलो बुइपाको लागि गाउलाई केही बिकास,श्रीजनाको कार्यमा थप राहत दिन सकिन्छ कि? भन्ने उदेश्यले भर्खरै मलेसियामा कार्यरत बुइपाबासी साथीहरुले मिती सन २००७ अक्टोबर १८ तारिख तदनुसार बिक्रम सम्वत २०६४ कार्तिक ११ गते मलेसियाको राजधानी क्वालालाम्पुर(केएल)स्थित नेपाली रेश्टुरेन्ट नवज्योतीमा भेला भै प्रमोद चाम्लिङ्को अध्यक्षतामा आन्तरिक एक कार्यकारी समूह\”बुइपा पञ्चेदोबाटो सेवा सुधार समिती\” मलेसिया गठन् गरेको जानकारी गराउदै। बिभिन्न स्थानमा रहनु हुने बुइपाबासी समाजसेवी,बुद्दिजिवी,कर्मचारी र ब्यापारी लगायत बिभिन्न ब्यावसायिमा सम्बद्द महोदय/ महाशय ज्युहरुमा उक्त अभियानलाई थप् टेवा दिएर जन्मथलो बुइपाको मायाको खातिर सहयोग गरिदिन बिनम्र अनुरोध गर्दछु। सफल्ता यहाँहरुमा नै निर्भर रहने छ।
बिशेष उदेश्य(पञ्चेदोबाटोमा)
१)सार्वजनिक शौचालयको निर्माण ।
२)रेडक्रसको स्थापना ।
३)दैवियप्रकोपद्वारा पीडितलाई यथासक्दो सहयोग ।
४)सर्वजानिक संचार सेवाको ब्यावस्था ।
(राम महबिर डाँडा/ सहदेव गडिमा)
१)मन्दिर र पार्कको स्थापना ।
२)त्यहा जाने सुगम बाटोको ब्यावस्था ।
३)कुनै अवशरमा मेलाको ब्यावस्था ।
४)नयाँ प्रबिधीद्वारा आउने नयाँ कार्यको थालनी ।
(सहयोग ने।रु।५००० भन्दा माथिको रकम राशी दिनेलाई तामापत्रमा राखिने छ्। यहाँहरुको सल्लाह,सुझाव र सहयोगको लागि यस् समिती हार्दिक अनुरोध गर्दछ)
\”पञ्चेदोबाटो सेवा सुधार समिती\”मलेसिया अध्यक्ष प्रमोद चाम्लिङ्बाट
Thursday, October 16, 2008
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment