खोटांगमा को सुबिधा कसरी?
२१औं सताब्दिमा भएको महत्वपुर्ण विकास नै सुचना तथा संचार प्रविधीको विकास हो । जसको सहायताले विश्वलाई एक कुनामा भए, गरेको बिविध कृयाकलापहरुको खबर तत्काल “इन्टरनेट” को सहायताले विश्वको अर्को कुनामा थाहा पाउन सकिन्छ । तर केही सुविधा सम्पन्न शहरीक्षेत्रहरु बाहेक
खोटाङ्ग जस्तो नेपालको धेरै जिल्लाहरुमार् इन्टरनेटको पँहुच सोचभन्दा टाढाको विषय बनेको छ । तर नया नेपालमा नया सोचहरुले स्थान पाउने हो भने नेपालको जुनसुकै स्थानमा पनि सरकारी तथा गैर्ह सरकारी संस्थाहरुले र् इन्टरनेटको सुविधा दिन र लिन सक्छ । खोटाङ्ग जिल्ला नेपालको एक पुर्वी पहाडी, विकासतिर लम्किरहेको जिल्ला हो । यस जिल्लामा बिभीन्न प्रकारका विकासका पुर्वाधारहरु तयार भई रहेको भएता पनि सुचना तथा संचारको क्षेत्रमा भने जति अन्य जिल्लाहरुमा विकास भई रहेको छ, त्यसको तुलनामा कमी नै भएको महशुस हुन्छ । यस जिल्लामा नेपाल टेलिकम र अन्य संस्थाहरुले उपलब्ध गराउदै आएको टेलिफोन सेवामा PSTN, Pre-paid Mobile, CDMA, V-sat, Sky Phone हरुले अति नै संचारमा सेवा पुर्याउदै आई रहेको छ । तर पनि आवश्यकता र मागको आधारमा यो पर्याप्त छैन । रेडियो नेपाल र केही एफ.एम., स्थानीय तथा राष्ट्रिय पत्र-पत्रिकाहरु कम मात्रामा यस जिल्लाका जनताहरुले उपयोग गर्न पाएका छन् भने समुदायको पहलमा २०६४ साल बैशाख १ गते देखि प्रसारण प्रारम्भ भएको एफ, एम, रेडियो “रुपाकोट”ले अर्को महत्वपुर्ण आयाम थपी त्यहाँको जनताहरुलाई स्थानीय संचारको क्षेत्रमा केही स-सक्त बनाउन मद्धत पुर्याएको छ । यी न्यून संचारका साधनहरुको उपयोगको साथ साथै हालसम्म संचारको प्रमुख माध्यमर् इन्टरनेटको भने ९९ प्रतिशत् उपयोग जनताहरुमा पुगेको छैन । कारक तत्वको रुपमा हामी विद्युत् बिस्तार तथा उत्पादनमा कमिलाई पनि लिन सक्छौ । २१औं शताब्दिको सुचना प्रविधिमार् इन्टरनेट अग्रपंतिमा पर्दछ । उक्तर् इन्टरनेट सुचना प्रविधीलाई यस जिल्लामा सुविधा पुर्याउँनको लागि हाम्रो जिल्ला “खोटाङ्ग ”ले एक प्रविधिको तय गरी विद्युत् तथा कम्प्यूटर भएको स्थानहरुमा इन्टरनेट सेवा दिन सकिन्छ भन्ने निष्कर्षनिकालेको छ । कसरी ? नेपाल टेलिकमको प्रविधी सहयोग हुन सकेमा भने जिल्ला बासिहरुलाई विद्युत् तथा कम्प्यूटर भएको स्थानमार् इन्टरनेटको सुविधा दिन सकिने छ र त्यसको निम्ति निम्न कार्यविधी तथा सामग्रीहरुको उपयोग गर्नुपर्ने हुन्छ
.१) र्सवप्रथम, राजधानी काठमाण्डौमा २०६५ ज्येष्ठ महिनाको पहिलो हप्तादेखि संचालनमा आई रहेको High-speed Broadband Internet ADSL (Asymmetric Digital Subscriber Line) प्रणालीलाई नेपाल टलिकमको प्रविधी क्षमतामा बृद्धि गरी उक्त संस्थाको माध्यमबाट NTC खोटाङ्गमा जोड्ने । जसमा NTC तथा सुचना प्रविधि जस्ता सरकारी तथा गैर्ह सरकारी संघ, संस्थाहरुको सहयोग कार्यको जालो (Network) हुनु नितान्त आवश्यकता पर्दछ.। .
२) यदि माथी १. मा उल्लेखित कार्य भएमा ल्त्ऋ खोटाङ्गको मुख्य कार्यलयबाट वितरीत टेलिफोन लाईनको माध्यमबाट खोटाङ्ग विकास मंचको कार्यलयमा पुर्याउँन सकिन्छ ।
३) KDF को मुख्य कार्यलयमा धेरै क्षमता -लगभग २० देखि ५० कि.मी.) भएको विनातारको मोडम (Wireless ADSL+2 Modem ) प्रयोग गरी, उक्त मोडमको सहायताले नजिक वा मोडेमको क्षमताको आधारमा कति टाढासम्म पुग्न सक्छ,, त्यस स्थानमा रहेको कम्प्यूटरमा अर्को प्रविधि सामाग्री जसलाई (Wireless Land card) भनिन्छ,, उक्त स्थानको कम्प्यूटरमार् इन्टरनेटको तरंगलाई सो Wireless Landcard को सहायतालेे क्यापचर गरी प्रसारीतर् इन्टरनेट सुविधा लिन सकिन्छ । हाल उत्पादन भै रहेको कतिपय Laptop हरुमा त Wireless Land card को सुविधा कम्प्यूटरमा नै हुन्छ । यसप्रकारको प्रविधीको विकास,प्रयोग र सहायताले खोटाङ्ग र खोटाङ्गेहरु सुचनाको दुनियामा छिर्न सक्छन् । सुचना तथा प्रविधिको दुनियामा के छ भन्ने बारेमा जानकारी लिन वा नया नया वेबसाइड (Website)हरु निर्माण गरी आफ्नो विचार र कुराहरु दिन पनि सकिन्छ । तर चुनौतिको रुपमा रहेको नेपाल टेलिकम साथै उक्त संस्थाको नीति, नियम,निर्देशन, र कार्य क्षमता के कस्तो छ - यी प्रविधीलाई असहयोग गर्ने प्रकारको भएमा निति, निर्माणमा सहयोगतथा स्थापनाकालमा नै छ भने त्यसलाई बढवा दिन हाल नया नेपालको नया सरकारको पनि दायित्व हुन्छ । फलस्वरुप नेपालमा हाल रहेको ७५ जिल्लामा नै यो सुचना प्रविधिर् इन्टरनेटको सुविधा नेपाली जनताहरुले लिन सक्छन्।
शुभचन्द्र राईमहासचिव, खोटाङ विकास मंचWriter: Advocate: (Edu: M.A.Degree in Political Science, B.L.in Law and Now running Degree in Sociology.)
Thursday, October 16, 2008
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment